चैत २१ । पालुङटार, गोर्खा । गोर्खाको पालुङटारमा स्वास्थ्य तथा परामर्श शिविर गरिएको छ । ईलाका प्रहरी कार्यालय ठाँटिपोखरीको आयोजना
गोर्खा सामुदायिक हस्पिटल पालुङटारको प्राविधिक सहयोगमा पालुङको ठाँटिपोखरीमा रहेको गोर्खा सामुदायिक हस्पिटलमा १ दिने बृहत् स्वास्थ्य तथा परामर्श शिविर गरिएको हो । शिविरमा जनलर मेडिसिन सेवा, माईनर ओ टि सेवा, दन्त रोग सेवा, ईसिजी , भिडियो एक्सरे सेवा, लागिपरेका ल्याब सम्बन्धि सम्पूर्ण सेवाहरु प्रदान गरिएको गोर्खा सामुदायिक अस्पतालले जनाएको छ ।
बिहिबार इलाका प्रहरी कार्यालय ठाटीपोखरी र मातहतका प्रहरी चौकीका प्रहरी कर्मचारीहरुको निशुल्क स्वास्थ्य चेकजाँच तथा डेन्टल स्क्रीनिङ गर्ने कार्य सम्पन्न गरिएको ईप्रका ठाँटिपोखरीले जनाएको छ ।
रेडियो बन्दिपुर








