डुम्रे बेसीशहर सडकखण्डमा यात्रुबाहक बस दुर्घटना

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । डुम्रे बेसीशहर सडकखण्डमा यात्रुबाहक बस दुर्घटना भएकको छ । आज शुक्रवार करिब ४ः ३५ बजेको समयमा तनहुँको भानु नगरपालिका वडा नं. १ मोहरीयाबाटो स्थित डुम्रे बेशिसहर सडकखण्डमा डुम्रेबाट बेशिसहर तर्फ जाँदै गरेको ग १ ख ६४९८ नं. को बस दुर्घटना भएको हो । चालकले नियन्त्रण गुमाई सडकको बाँया साइडमा पल्टी दुर्घटना हुँदा बसमा सवार मानिसहरु मध्ये १६ जना स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात डिस्चार्च भएको र ४ जनालाई थप उपचारको लागि मोती अस्पताल डुम्रेबाट सिएमसि अस्पताल भरतपुर चितवन रीफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँ सुचना अधिकारी एवं प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिएका छन् ।

सिएम्सि अस्पताल भरतपुरमा उपचाररत व्यक्तिहरु निम्न रहेको जिल्ला प्रहरी कार्यालय तनहुँ सुचना अधिकारी एवं प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिएका छन् ।
१. जिल्ला रौतहट दुर्गा भगवती गा.पा. वडा नं. ५ बस्ने बर्ष ४३ को राम पुकार सुनार, दाया हात भाँचिएको, शरीरको बिभिन्न भागमा चोट अवस्था गम्भिर (हल्का बोल्न सक्ने) ।
२ . जिल्ला लम्जुङ दुर्जी गा.पा. वडा नं. ९ बस्ने बर्ष ७ को रोजित बि. क. , दाहीने हातमा चोट अवस्था मध्यम ।
३. ऐ.ऐ. बस्ने बर्ष ४५ की शुसिला बि.क., ढाडमा चोट अवस्था सामान्य ।
४. जिल्ला लम्जुङ राईनस गा.पा. वडा नं. ६ बस्ने बर्ष ४० की बिमला बि.क. घाँटीमा चोट अवस्था सामान्य ।                                                                                                                                                                                                                                        

तस्विरः राजेश कार्की

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्