तनहुँ । होटल व्यवसायी सघ तनहुँले नयाँ बर्षको स्वागतमा चैत्र ३१ गते दमौलीमा सांगीतिक कार्यक्रमको आयोजना गर्दैछ । उक्त कार्यक्रमको बारेमा आज एक पत्रकार सम्ममेलन गरि जानकारी दिईयो । उक्त पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष एवं होटेल व्यवसायी संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा बिलास भट्टराईले २०८१ सालको बिदाइ र २०८२ सालको स्वागतमा सांगीतिक साँझ गर्न लागिएको बताएका थिए । दमौलीक्षेत्रका आसपासका युवायुवतीहरु नयाँ बर्ष मनाउनका लागि अन्यत्र जान लागेकोले आर्थिक क्षेत्र चलायमान बनाउन र मनोरन्जन प्रदान गर्ने हेतुले कार्यक्रम गर्न लागेको भट्टराईले बताएका थिए ।
कार्यक्रममा र्यापर बुद्द लामा, बिबेक लामा, मन्जु सेन्ताङ र डिजे मिनि दुराले मनोरन्जन प्रदान गर्ने उक्त अवसरमा जानकारी दिईएको थियो ।
करिब ६ लाख रुपैया खर्च अनुमान गरिएको कार्यक्रममा शान्ति सुरक्षाको लागि जिल्ला प्रसाशन कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालयसग सहमति गरिसकिएको र सांगीतिक प्रस्तुति हेर्नको लागि टिकट शुल्क भने दुई सय ५० रुपैयाँ तोकिएको उक्त अवसरमा जानकारी दिईएको थियो ।
होटल व्यवसायी सघ तनहुँका अध्यष अध्यक्ष गिरि बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा होटल व्यवसायी सघ तनहुँको कार्य समितिका पदाधिकारी तथा अन्य होटल व्यवसायी नेताहरुको उपस्थिति रहेको थियो ।
उक्त सांगीतिक कार्यक्रम दमौलीको अनसन चौतारीको खुल्ला मैदानमा हुनेछ ।








