मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

विराटनगर । मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

आमबारीबाट उर्लाबारीतर्फ जाँदै मोटरसाइकल आफैं अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उनकी पत्नी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको हो ।

दुर्घटना लगतै स्थानीयले दुवै जनालाई उपचारका लागि रंगेली अस्पताल पठाएका थिए । अस्पतालमा उनीहरुको मृत्यु भएको प्रहरीले हो । उनीको शव पोष्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ ।

रातको समयमा तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्