१४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

मोरङमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
लेटाङ नगरपालिका-२ बस्ने ३५ वर्षीय अनिल राई पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले आइतबार बिहान पक्राउ गरेको हो।
उनले १४ वर्षीया बालिकामाथि बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्