बन्दिपुर । पहाडकी रानी उपमाले परिचित पर्यटकिय ग्राम तनहुँ जिल्लाको बन्दीपुरमा संंचालित बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले तनहुँ जिल्लाको पर्यटन प्रर्वद्धनको विकास र उद्यमशिलता र पर्यावरणको क्षेत्रमा कलम चलाई योगदान गर्ने ३ जना पत्रकारहरुलाई सम्मान गर्ने भएको छ । कम्पनीको आगामी २०८२ साल बैशाख ६ गते शनिनवारका दिन हुने साधारणसभामा सम्मान गर्ने भएको हो । छनौट समितिबाट छनोट भएका ३ जना पत्रकारहरुलाई जनही नगद ५१ हजारका दरले पुरस्कारको राशी र दोसल्ला एवं सम्मानपत्रले सम्मान गरिने भएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
उद्यमशिलताको क्षेत्रमा कलम चलाएका पत्रकारहरुको छनोट गर्नका लागि पत्रकार एवं कम्पनीका संचालक तारानाथ उपाध्यायको संयोजकत्वमा ३ सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको कम्पनीले जनाएको छ ।
समितिले छनौटको मापदण्ड पुरा गरि पुरस्कृत गर्न योग्य पत्रकारहरुको छनौट गरी कम्पनीको बोर्ड समक्ष सिफारिस गर्ने कार्यतालिका रहेको संयोजक तारानाथ उपाध्यायले बताएका छन् ।
कम्पनीले प्रत्येक साधारण सभाको अवसरमा पत्रकारहरुलाई सम्मान गदै आईरहेको छ । उद्यमशिलता नै समाजको असली पहरेदार एवं प्रगतिको चालक हो र यसको लागि पत्रकारको कलमले थप सम्मान पाएको अनुभुत गर्न पाउन भन्ने उदेश्यले निरन्तर सम्मान गर्ने गरेको कम्पनीका अध्यक्ष शर्माले बताए ।
रेडियो बन्दिपुर








