राष्ट्रिय युवा संघ नेपाल ‘१०औं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९–११, पोखरा’ को लोगो डिजाइनका लागि खुला आह्वान गरेको छ ।
राष्ट्रिय युवा संघ नेपालको आगामी ‘१०औं राष्ट्रिय महाधिवेशन, २०८२ जेठ ९–११, पोखरा’ को अवसरमा नवीन, आधुनिक र प्रेरणादायीलोगो डिजाइन गर्न चाहन्छ । यही सन्दर्भमा संघको उद्देश्य, मिशन र भिजनलाई समेट्ने लोगो डिजाइनका लागि इच्छुक र दक्षडिजाइनरहरूलाई आह्वान गरेको छ ।
आह्वानका उद्देश्य:
– यस आह्वानको उद्देश्य विभिन्न डिजाइनरहरूको रचनात्मकता र नयाँ विचारहरूको खोजी गर्नु हो ।
– राष्ट्रिय युवा संघ नेपाल, १०औं महाधिवेशनको उद्देश्य चित्रण गर्ने आकर्षक लोगो डिजाइन तयार गर्नु ।
लोगो डिजाइनका लागि मापदण्डहरू:
– लोगो आधुनिक, सरल र स्पष्ट हुनुपर्नेछ । युवा उर्जा र उत्साहको भावनालाई समेट्ने डिजाइन हुनुपर्नेछ ।
– संघको परंपरागत रंग (रातो र नीलो) र १०औं महाधिवेशनका विशेषताका आधारमा उपयुक्त रंग चयन गर्नुपर्नेछ ।
– डिजाइनले संघको उद्देश्य, मिशन र दृष्टिकोणलाई स्पष्ट रूपमा प्रतिनिधित्व गर्नुपर्नेछ ।
– पर्यटकीय नगरी पोखराका संकेतहरु हिमाल र ताल झल्किने गरी लोगो बनाउनुपर्नेछ ।
– लोगोमा “राष्ट्रिय युवा संघ नेपाल” “१०औं राष्ट्रिय महाधिवेशन” “२०८२ जेठ ९–११, पोखरा” शब्दहरू समावेश गर्नुपर्नेछ ।
– युवा शक्ति, सुशासन, समृद्धि, राष्ट्रियता, नवीनता, सृजनशीलता, गतिशीलता, राष्ट्रनिर्माण, उद्यमशीलता, रोजगारी, एकता रप्रगतिको भावनालाई व्यक्त गर्ने सृजनशील लोगो सिर्जना गर्नुपर्नेछ ।
आवेदन प्रक्रिया:
–इच्छुक डिजाइनरहरूले आफ्नो लोगो डिजाइनको प्रस्ताव nyfn10th@gmail.com मार्फत पठाउनुपर्नेछ ।
–डिजाइनसँगै आफ्नो छोटो पोर्टफोलियो र पेशेवर अनुभव पनि समावेश गर्नुपर्नेछ ।
–९८५१२५८०८८/९८४८३१३१८० मा कुनै पनि जिज्ञासा वा थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुन्छ।
आवेदन मिति: २०८२ चैत २९ गतेभित्र स्याम्पल लोगो पठाइसक्नुपर्नेछ ।
छनौट मिति: २०८२ बैशाख ३ गतेभित्र लोगो छनौट भइसक्नेछ ।
निर्णय प्रक्रिया: संघको निर्णय प्यानलले प्रस्तुत लोगोहरूको मूल्याङ्कन गरी उत्कृष्ट डिजाइन चयन गर्नेछ । छनौट भएको लोगोमासंघको निर्णय प्यानलले आवश्यक सम्पादनको सुझाव दिनसक्नेछ ।
फाइलको आवश्यकताहरू:
–डिजाइनले उच्च गुणवत्ता र प्रिन्टका लागि उपयुक्त हुनुपर्ने ।
–लोगो छनौट भएपछि PSD, .EPS, .PNG, .JPG (High-resolution), .AI (Adobe Illustrator) लगायतका विभिन्न फाइलहरुबुझाउनुपर्नेछ ।
पुरस्कार: विजेता लोगोलाई राष्ट्रिय युवा संघ नेपालबाट पुरस्कारस्वरुप ५०,००० नगद, प्रमाणपत्र प्रदान गरिनेछ । साथै, १०औँ राष्ट्रियमहाधिवेशनका सबै प्रचार सामग्रिमा लोगोको प्रयोग गरिने राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णहरि के.सि.बताए ।








