वडाध्यक्ष कर्णबहादुर भण्डारी डोरीको घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् ।
काँक्राखोर बस्ने ५० वर्षीय भण्डारी बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घरदेखि ५० मिटर टाढा रहेको गोठको बाहिरपट्टि रहेको काठको बलोमा नाइलनको डोरीको पासो घाँटीमा लगाई झुण्डिएको अवस्था मृत फेला परेको बागलुङका डीएसपी विजय यादवले जानकारी दिए ।
वडाध्यक्ष भण्डारी झुण्डिनुको कारण नखुलेको र थप अनुसन्धान भैरहेको यादवले बताए ।

नेपाल प्रेस

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्