बाबुको किरिया बस्दै बन्दिपुरकी छोरी बृक्षा बयलकोटी

बाबुराम नेपाली
  • ख-
  • ख+

तनहुँ । तनहुँ, बन्दीपुरगाउँ पालिका वडा नंं ३ , रामकोट निबासी स्वर्गीय मन बहादुर बयलकोटीकि छोरी बृक्षा बयलकोटीले आफ्नो पिता मन बहादुर बयलकोटीको शरीरमा दागबत्ती दिएर किरिया बसेकी छन् । भुत पुर्व नेपाली सैनिक स्वर्गीय मन बहादुर बयलकोटीको चैत्र २३ गते सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको थियो। उनका श्रीमतीहरु बिन्दा कोइराला , सपना मगराती र भाई केश बहादुर बयलकोटीसँगै छोरी बृक्षा बयलकोटीले किरिया कर्म गरिरहेका छन् । स्वर्गीय मन बहादुर बयलकोटीका दुई श्रीमती र दुई छोरी छन् । उनको पारिवारिक स्रोतका अनुसार कान्छी छोरी मानसी बयलकोटीले दागबत्ती दिएपनि नाबालक भएको कारणले किरिया बसेकी छैनन् । बन्दीपुर ३ , शेराटार दलित मिजार समाजका अध्यक्ष श्याम रम्तेल भन्छन् ू छोरीले दागबत्ती दिएर पिताको सम्पुर्ण किरियाकर्म गरेको यस क्षेत्रमा नै पहिलो हो। उनी भन्छन् यस अघि दलित मिजार समाजका सदस्य तथा निज मन बहादुर बयलकोटीका पिता लेख बहादुरको मृत्यु हुँदा उनकी छोरी फुलमाया नेपालीले घाटमा गएर पितालाई पानी चचढाएकी थिईन् र सो घटना पनि सो समाजमा पहिलो पटक नै भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्