नवबर्ष २०८२ लाई लक्षित गर्दै छाब्दि मन्दिर परिसर सरसफाई

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । नवबर्ष २०८२ लाई लक्षित गर्दै छाब्दि मन्दिर परिसर सरसफाई गरिएको छ । छाब्दी बराही मन्दिर परिसरलाई आर्कषक बनाउने उद्धेश्यका साथ छाब्दी रजबाम युवा क्लब, विकास कोष तथा स्थानीयवासीहरूको सहकार्यमा मन्दिर परिसरमा सरसफाइ गरिएको हो । मन्दिर परिसरलाई व्यवस्थित बनाउनका लागि विविध कामहरु भईरहेकोले सधै जसरी नै मन्दिर क्षेत्र सफा गरेर नयाँ बर्षलाई अझ बिशेष बनाउन खोजिएको सरसफाई संलग्न व्यक्तिहरुको धारणा रहेको थियो ।

तस्विरः अविनाश पन्थ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्