काठमाडौंको बबरमहलमा दुर्घटना, एकको मृत्यु दुई घाइते

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । काठमाडौंमा आज भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित सडकमा प्र २-०३-०१८प ५८३४ नंको स्कुटरलाई प्र ३-०२-०१०प ६९५४ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतकको परिचय नखुलेको ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक र स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।

रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्