ललितपुरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटियो

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं। ललितपुरको मंगलबार नजिक खपिनछेँ टोलको एक घरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटिएको छ ।
उक्त शवको पहिचान समेत भएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीकाअनुसार मृत भेटिनेमा बझाङ घर भएकी ११ वर्षीया बालिका दुर्गा बोहरा रहेकी छिन् । उनी यही चैत ११ गतेदेखि हराएको बुझाइएको उनले बताए ।
एक व्यक्ति डेरा सरेर उक्त घरमा गएका थिए । पानीट्यांकी फोहर भएको किरा समेत बाहिर आएको देखेपछि सफा गर्न भनेर छिर्दा शव फेला परेको एसएसपी अधिकारी बताउँछन् ।
बिहीबार शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । पोस्टमार्टम गरेर शवको सनाखत समेत भइसकेको प्रहरीले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्