गाउँपालिकाद्धारा संचालित बन्दिपुर अस्पतालमा ३६५ दिन नै बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म निःशुल्क स्वास्थ्य परिक्षण हुने

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकाद्धारा संचालित बन्दिपुर अस्पतालमा ३६५ दिन नै  निः शुल्क स्वास्थ्य परिक्षण हुने भएको छ । पालिकावासीहरुलाई सहज होस् भन्ने हेतुले अस्पतालले चाडपर्व, सार्वजनिक बिदा र शनिवार समेत गरि ३६५ दि नै बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म निःशुल्क ओ.पि. डि. सेवा दिने भएको छ । उक्त कुराको जानकारी सोमबार निःशुल्क ओ.पि. डि. सेवा बिस्तार कार्यक्रमको आयोजना गरि जानकारी दिईयो । बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पंचमाया गुरुगं, बन्दिपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीको उक्त सेवा बिस्तार कार्यक्रमको घोषणा गरिएको थियो । स्वास्थ जस्तो गम्भिर बिषयमा सबले उचित सेवा र सुविधा पाउनुपर्ने भएकोले बन्दिपुर गाउँपालिकाका वासिन्दाहरु जुनसुकै बेला पनि उक्त अवसरबाट बन्चित नहुन् भनेर सेवा बिस्तार गरिएको मा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताएका थिए । साथै बन्दिपुर अस्पतालको सेवा अझ प्रभावकारी बनाउने पनि अध्यष थापाले बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्