तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. १० सेवरको सेवर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड का कृषकहरुको कृषक अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको संस्थामा आवद्ध करिब १२० जना सेयरसदस्यहरुले नेपालकै नमुना कृषि फर्मका रुपमा चर्चित गोरखा जिल्ला पालुगंटार नगरपालिका वडा नं. ६७ च्यांग्लीको कामधेनु गाई पालन केन्द्र र तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ४ याम्पाको नमुना गाई फर्म भ्रमण गरेका हुन् । । व्यास नगरपालिका वडा नंं १० का अध्यक्ष खेमराज पोखरेल प्रमुख अतिथि बिशेष अतिथिहरुमा वडा सदस्य ईश्वर पौडेल, केन्द्रीय दुग्घ सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुवरको आतिथ्यतामा भएको भ्रमणमा कामधेनु गाई पालन केन्द्रमा संचालक राजेन्द्रराज पन्थले आफ्नो अनुभव सुनाउदै आफुले ७ बटा गाई पालनबाट शुरु गरेको उत्तः फर्ममा आज ३३० गाई भएको र सिक्न चाहने किसानका लागि आफु सधै उपलब्ध हुने बताएका थिए साथै उन्ले सरकारले किसानको दुधको पैसा समयमा भुक्तानी नगर्दा किसान मारमा परेको बताएका थिए । साथै याम्पाको नमुना गाई फर्मका संचालक पुष्पराज पौडेलले गाई पालन गर्दा गाईको आहार विहारमा बिशेष ध्यान दिने बताएका थ्एि। उक्त भ्रमणमा संस्था अध्यक्ष हरिभक्त अधिकारीले दुवै फर्मका संचालकलाई मायाको चिनो प्रदान गरेका थिए ।
अवलोकन भ्रमण पश्चातको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष खेमराज पोखरेलले वडाले पनि किसानको हकहितको लागि काम गरिरहेको र अझै गर्नुपर्ने कामहरु भए थप सरसल्लाह दिन आग्रह गरेका थिए । कार्यक्रममा वडा सदस्य ईश्वर पौडेल, केन्द्रीय दुग्घ सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुवरले कृषि प्रधान देश भएपनि सरकार किसान मैत्री नभएकोले आफुलाई प्रविधिमैत्री बनाउदै कृषि पेशा अपनाउन आग्रह गरेका थिए । कार्यक्रमका सभापति संस्थाका अध्यक्ष हरिभक्त अधिकारीले सेवर दुग्ध उत्पादक सहकारी संस्था किसानको लागि काम गर्न सधै कटिबद्ध भएको बताएका थिए । कार्यक्रम संस्थाका व्यवस्थापक राजु भुजेलले संचालन गरेका थिए ।








