बन्दीपुर केवलकार “उद्यमशील पत्रकारिता पुरस्कार”बाट अधिकारी, भट्टराई र नेपाली सम्मानित

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । बन्दीपुर केवलकार “उद्यमशील पत्रकारिता पुरस्कार”बाट तनहुँका तीन जना पत्रकार शनिबार पुरस्कारबाट सम्मानित भएका छन् । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको चौथो साधारण सभाको अवसरमा उद्यमशीलता विकासका लागि सशक्त रुपमा कलम चलाए बापत उनीहरुको उचित मूल्याङकन गर्दै सम्मानित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभासदस्य डा. स्वर्णिम वाग्ले लगायतका अतिथीहरुले जनही पुरस्कार राशी ५१ हजार रुपैयासहित र दोसल्ला र प्रमाणपत्रले सम्मानित गरेका थिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपती अधिकारी, लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई र जनचाहना न्यूज डट कमका कार्यकारी सम्पादक एस बि नेपाली सम्मानित भएका छन् ।
कम्पनीका संचालक एवं पत्रकार तारानाथ उपाध्यायको संयोजकत्वमा गठित समितिले नियमित मापदण्ड अनुरुप तीन जना पत्रकार छनोट गरि संचालक समिति समक्ष सिफारिस गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्