गोरखा । नेपाल पत्रकार महासंघ गोरखाको चुनाव सम्पन्न भएको छ । सम्पन्न निर्वाचनबाट सर्व सम्मत रुपमा अध्यक्षमा नरेन्द्र ढकाल बिजयी भएको छ ।
आज गोरखा सदरमुकाममा भएको निर्वाचनमा उपाध्यक्ष खुल्लामा बिकास मरहट्टा, महिला उपाध्यक्षमा अस्मिता सिंखडा र सचिवमा सुजन न्यौपाने सर्व सम्मत रुपमा चयन भएका छन् ।
सर्व सम्मत भएको सहसविच (समावेशी) मा दानबहादुर गुरुङ, सह सचिवमा मोहसिन अलि मियाँ र कोषाध्यक्षमा गुणबहादुर रोक्का चयन भएका छन् ।
त्यस्तैगरी, आदिबासी जनजाती सदस्य तर्फ विवर गुरुङ, अन्य समावेशी तर्फको सदस्यमा संगिता चेपाङ र सदस्यहरुमा बिमल श्रेष्ठ, मेलिना बराम, राजेश पौडेल र सुदिप श्रेष्ठ रहेका छन् ।
केन्द्रिय परिषद सदस्य तर्फ भने किरणकुमार लोहनी र नरहरी सापकोटा चयन भएका छन् । आजै चयन हुनु पर्ने महिला, दलित र मधेशी तर्फको १–१ सदस्यमा भने उम्मेदवारी नै पर्न सकेन भने प्रदेश परिषद सदस्य तर्फको २ पदमा पनि उम्मेदवारी नपरेको निर्वाचन संयोजक स्थानेश्वर दुवाडीले बताए ।
गोरखा समाचार








