कोशीमा नुहाउने क्रममा मामा भान्जा बेपत्ता

सर्वज्योति
  • ख-
  • ख+

विराटनगर । सप्तकोशीमा नुहाउने क्रममा मामा भान्जा बेपत्ता भएका छन् ।
सुनसरीको इटहरी १६ बालग्राम निवासी १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोलाको कोशीमा नुहाउने क्रममा बेपत्ता भएका हुन ।
सोमबार ८ः३० बजे बराहक्षेत्र मन्दिर छेउमा भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि भान्जालाई बचाउने क्रममा मामा नवराज पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी पकली र सशस्त्र प्रहरी इनरुवा, स्थानीय लगायतको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्