एपीएफका डीएसपीले ‘हप्ता’ माग्दै धम्क्याएको ट्याक्टर व्यवसायीको दाबी

सर्वज्योति
  • ख-
  • ख+

दाङ । आज मध्याह्न १२ बजे सशस्त्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रमुख डीएसपी नरेशकुमार खड्काले ट्याक्टर व्यवसायी दिपक चौधरीलाई कार्यलयमा आउन खबर पठाए ।
सवा १२ तिर आफू बेसक्याम्प पुग्दासाथ अपशब्द प्रयोग गर्दै धम्क्याएको चौधरीले बताएका छन् । मासिक १५ हजार ’हप्ता’ बुझाउन भन्दै आफुलाई गोली हान्नेसम्मको धम्की दिएको चौधरीले सुनाएका छन् ।
चौधरीले यसअघि आफूले डीएसपीलाई क्वार्टरमै गएर १० हजार बुझाएको दाबी गरेका छन् ।
चौधरीले नेपाल प्रेससँग भने,झमलाई सुरक्षा निकायबाटै असुरक्षित महसुस भयो ।’
डीएसपीको कार्यकक्षमा भएको कुराकानीबारे चौधरीले भने, ‘मलाई देख्नेबित्तिकै तँ र‘ भन्दै महिना पुगेपछि पैसा दिनु पर्दैन । ट्याक्टरमात्रै चलाउन खोज्ने रु भन्नुभयो ठुलीआमा बिरामी भएर आईसीयूमा राखेकाले समयमा पैसा बुझाउन नसकेको बिन्ती बिसाएँ । रुँदै निस्किएँ ।’
प्रत्यक्षदर्शी अर्का ट्याक्टर व्यवसायी अर्जुन घर्तीका अनुसार डीएसपी खड्का उनको अनुनय बिन्ती सुन्ने पक्षमा देखिएनन् ।
‘डीएसपी सा’वले कि ट्याक्टर खोलामा हाल्नु भएन हाले मलाई मासिक १५ हजार दिनुपर्छ । जनपथले पनि पैसा खाएको भन्दै आफूले पनि खान पाउनुपर्छ भन्नुभयो’, घर्तीले सुनाए ।
डीएसपी खड्काले भने व्यवसायीहरूले लगाएको आरोप अस्वीकार गरेका छन् ।
खड्काले नेपाल प्रेससँग भने, ‘वाहियात कुरा हुन्, सम्झाई–बुझाई गरेर पठाएको हो ।’
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्