तनहुँ । भर्ना अभियान संचालन र विद्यालय तत्काल संचालन गर्न युवा सामाजिक अभियन्ता महम्मद गफ्फार (सुदिप) ले आग्रह गरेका छन् । सुदिपले आज व्यास नगरपालिकाकी उपप्रमुख ईन्दिरा दरैलाई ज्ञापन पत्र बुझाउदै सो आग्रह गरेका हुन् । यो लाखौ विद्यार्थी जो दिन रात न भनी सुनौलो भबिष्य देख्नु भएको छ वहाँहरुको आवाजलाई आफुले तनहुँका पालिकाका जनप्रतिनिधिहरु सामु पुर्याउन लागेको सुदिपले बताएका छन् । साथै आफुहरु देशमा कसैको विरोध नगरिकन देशमा बिकास र प्रगति हेर्न चाहने बताएका छन् । उन्ले तनहुँका अन्य पालिकामा पनि ज्ञापनपत्र बुझाउने बताएका छन् । सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु लामो समयदेखि विभिन्न मागहरु राख्दै काठमाण्डौमा रहेकोले सामुदायिक विद्यालयहरु संचालनमा आएका छैनन् ।









