गण्डकी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेन्द्रबाबु तिवारी नियुक्त

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशको प्रशिक्षण प्रतिष्ठानमा सुरेन्द्रबाबु तिवारी नियुक्त भएका छन् । उम्मेदवार सिफारिस समितिको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तिवारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
तिवारी सहरी योजना आयोग पोखराका निवर्तमान सदस्य हुन् भने विभिन्न कलेजमा अध्यापन गरेको अनुभव छ । १४ जनाले आवेदन दिएको उक्त पदका लागि सिफारिस समितिले तिवारीसँगै भानु पराजुली र श्रीकृष्ण पौडेलको नाम सिफारिस गरेको थियो ।
नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति सरकारले नै गठन गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्