सशस्त्र प्रहरीका १२ जना डीआईजीको सरुवा, ६ प्रदेशका प्रमुख फेरिए

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । सशस्त्र प्रहरी बलका १२ जना डीआईजीहरुको सरुवा भएको छ ।
गृहमन्त्री रमेश लेखककले ६ वटा प्रदेशका प्रमुख परिवर्तन गरेका छन् । कोशी प्रदेश स्थित नम्बर–१ बराह बाहिनीमा कुमार न्यौपानेलाई सरुवा गरिएको छ ।
प्रदिप कुमार पाललाई नम्बर–७ वैद्यनाथ बाहिनी, अञ्जनी कुमार पोखरेललाई नम्बर–३ गढीमाई बाहिनी मकवानपुर, दीपेन्द्र शाहलाई कास्की स्थित नम्बर–४ मुक्तिनाथ बाहिनी र कृष्ण ढकाललाई महोत्तरी स्थित नम्बर–२ छिन्नमस्ता बाहिनीमा पठाइएको छ ।
रुपन्देही स्थित नम्बर–५ विन्ध्यावासिनी बाहिनीमा दिपेन्द्र कुँवरलाई सरुवा गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्