तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको थर्पु बजारमा आगामी बैशाख २० गते छैठो म्याग्दे स्तरिय कृषि तथा पशुपंक्षी प्रर्दशनी मेला २०८२ हुने भएको छ । म्याग्दे गाउँपालिका वडा नं. ४ थर्पु बजारमा रहेको जनसेवा सहकारी संस्था लिमिटेडको आयोजनामा उक्त प्रर्दशनी हुन लागेको हो । म्याग्दे गाउँपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रर्दशनीमा निःशुल्क स्टल उपलब्ध गराईने र मेलामा म्याग्दे गाउँपालिकाभरिका किसानहरुले उत्पादन गरेको खाद्यवस्तुहरुदेखि पशुपंक्षीहरुको प्रर्दशनीका साथै खरिबिक्री पनि हुने आयोजकले जनाएको छ । सहकारीकै भवनमा गरिएको उक्त प्रर्दशनीमा माटो परिक्षण, पशु शिविर आयोजना गरिनुका साथै प्रर्दशनीमा राखिने कृषि उपजहरुको लागि निः शुल्क ढुवानीको पनि व्यवस्था गरिएको छ । साथै उक्त प्रर्दशनीमा सहभागी उत्कृष्ट किसानलाई पुरस्कारको व्यवस्था गरिएको पनि आयाृेजकले बताएको छ ।









