व्यास नगरपालिकाद्धारा जैविक खेति पाठशालाबाट उत्पादित मल वितरण

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको व्यास नगरपालिकाद्धारा जैविक खेति पाठशालाबाट उत्पादित मल वितरण गरिएको छ । व्यास नगरपालिकाद्धारा २०८१ माघ १४ गतेबाट कृषकहरुको सिप बिकासका लागि संचालित जैविक खेति पाठशालाबाट उत्पादित बायोडाईनामिक मल कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले कृषकहरुलाई वितरण गरेका छन् । व्यास नगरपालिकाका १४ वटै वडा प्रतिनिधिहरुको सहाभथीमा भएको तालिमबाट उत्पादित उक्त मल किसानलाई खेतिवारीमा प्रयोग गर्नका लागि वितरण गरिएको हो । व्यास नगरपालिका वडा नं. १० का अध्यक्ष खेमराज पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा अन्य बिशिष्ट अतिथि तथा अतिथिहरुमा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, व्यास १० का निवर्तमान् अध्यक्ष तुलसीराम सापकोटा, प्रशिक्षक महेन्द्र श्रेष्ठ, व्यास नगरपालिका कृषि उपशाखा प्रमुख समिक्षा पोखरेल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
व्यास नगरपालिकाले शुरु गरेको मल उत्पादन तालिम पश्चात व्यास नगरपालिकामा उत्पादन हुने कुहिने फोहोरबाट पनि मल उत्पादन गर्न सकिने र उत्पादित मलले कृषकहरुलाई मलको अभाव नहुने उक्त अवसरमा सहभागीले धारणा व्यक्त गरेका थिए ।
व्यास १० दुम्सि भतेरीमा वितरण गरिएको उक्त मल उक्त स्थानकै गौ संरक्षण केन्द्रमा गाईको काँचो गोवर, ढुगांको धुलो, अण्डाको धुलो लगायतका जैविक औषधी मिलाएर तयार गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्