कृष्ण गुरुङको अध्यक्षतामा तमू कलाकार मञ्च यूकेको नयाँ समिति गठन

सर्वज्योति
  • ख-
  • ख+

बेलायतमा कृष्ण गुरुङको अध्यक्षतामा अप्रिल २७ तारिखका दिन तमू कलाकार मञ्च यूकेको नयाँ कार्य समिति गठन गरिएको छ ।
मिचेटस्थित तमू धीं यूकेको भवनमा आयोजना गरिएको संस्थाको पाँचौं अधिवेशनले नयाँ समिति गठन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा हेलिशा गुरुङ, सचिव इन्द्रजीत गुरुङ, सहसचिव सूर्यराज गुरुङ, कोषाध्यक्ष बिनु गुरुङ र सहकोषाध्यक्षमा नीता गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा पूर्ण गुरुङ, यम गुरुङ, श्रीप्रसाद गुरुङ, साजन गुरुङ, धर्म लामा गुरुङ र मोतिलाल गुरुङ चयन भएका छन् । पछि १ सदस्य मनोनित गर्ने भएको छ ।
उदघाटन सत्रपछिको बन्दसत्रमा निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न संस्थाका प्रमुख सल्लाहकार एकेन्द्र गुरुङ संयोजक रहने गरी र संस्थाका संस्थापक अध्यक्ष सूर्य गुरुङ सदस्य र कानुनी सल्लाहकार चन्द्रध्वज गुरुङ सदस्य रहने गरी निर्वाचन मण्डल गठन गरिएको थियो ।
नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन निर्वाचन समितिका संयोजक एकेन्द्र गुरुङले गोपनियताको सथप खुवाएका थिए ।
बन्दसत्रअघिको औपचारिक कार्यक्रम संस्थाका अध्यक्ष पदमराज गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा तमू धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, तमू फोरमका डाइरेक्टर राजु गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपाध्यक्ष कृष्ण गुरुङले स्वागत मन्तव्य राखेका थिए । संस्थापक अध्यक्ष सूर्य गुरुङले मार्च १५ मा आयोजित चौथो रोधी साँझबारे जानकारी गराएका थिए । कोषाध्यक्ष हेलिशा गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव सुशिल गुरुङले गरेका थिए ।
लमजुगं खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?