तनहुँका सुलेमान र मुन्नी खातुन एमालेनिकट मुस्लिम संगठनको बैदेशिक विभागको सचिव र केन्द्रिय सदस्य निर्वाचित

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । नेकपा एमाले तनहुँका नेता तनहुँका सुलेमान मिया एमालेनिकट मुस्लिम संगठनको केन्द्रिय सचिवमा निर्वाचित भएका छन् । त्यसैगरि तनहुँकी नेकपा एमालेकी नेतृ मुन्नी खातुन उक्त संगठनको र केन्द्रिय सदस्यमा निर्वाचित भएकी छन् । नेपालगन्जमा सम्पन्न ७ औं महाधिवेशनबाट सुलेमान केन्द्रिय सचिव र मुन्नी केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलद्वारा उद्घाटित महाधिवेशनले अध्यक्षमा मोहम्मद हारुन हलुवाई निर्वाचित भएका छन् । अधिवेशवनले ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । कमिटीमा सातै प्रदेशबाट २५ जना निर्वचित भएका छन् ।
मधेश र लुम्बिनीबाट ३/३ पुरुष र २/२ महिला गरि जम्मा १० जना, बाँकी प्रदेशबाट २ पुरुष, १ महिला गरि १५ जना निर्वाचित भएका छन् । खुला तर्फ ३१ जना, २० पुरुष ११ महिला सहित ३१ जना निर्वाचित भएका हुन् ।

कमिटीमा ६५ जना चयन भएका छन् । ३४ जना मनोनीत गरिने भएको छ ।

पदाधिकारी

अध्यक्ष: मोहम्मद हारुन हलुवाई

उपाध्यक्ष: तैयव अन्सारी

उपाध्यक्ष महिला: साजिदा सिद्दिकी

महासचिव: राजमोहम्मद मियाँ

उपमहासचिव: जबुल मियाँ

सचिव: संगठन हलिम मियाँ

प्रचारः रियासत लिमी

विदेश: सुलेमान मियाँ

अर्थ: अब्दुल करिम खाँ

केन्द्रीय सदस्यहरु

रौशन प्रविन, साविर अलि, कलिमुल्लाह अलि, अमिरुल निसा, अब्दुल खाँ,मोहम्मद रफिक, समिना मियाँ, गैंडा खान, मोहम्मद निजामुद्दिन हक, रासिदा खातुन, जरिना खातुन, सैयदा खातुन, मुन्नी खातुन, जमिला मियाँ, अफसाना खातुन, जलिल मियाँ, जाकिर हुसेन हलुवाई ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्