नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय सदस्यमा तनहुँका रफिक र केन्द्रिय लेखा आयोगको अध्यक्षमा नुर मोहमद निर्वाचित

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय सदस्यमा तनहुँका रफिक मियाँ र केन्द्रिय लेखा आयोगको अध्यक्षमा नुर मोहमद मियाँ निर्वाचित भएका छन् ।
नेपालगंजमा सम्पन्न नेपाल मुस्लिम इत्तेहाद संगठन को ७ औ महाधिवेशनबाट रफिक केन्द्रिय सदस्य र नुर महोमद केपन्द्रीय ले खा आयोगका अध्यक्षमा र्निर्वाचित भएका हुन् ।भएको छ ।
अधिवेशनले तनहुँका सुलेमान मियाँ बैदेशिक विभागको सचिव र मुन्नी खातुन केन्द्रिय सदस्यमा निर्वाचित भएकी छन् ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलद्वारा उद्घाटित महाधिवेशनले अध्यक्षमा मोहम्मद हारुन हलुवाई निर्वाचित भएका छन् । अधिवेशवनले ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । कमिटीमा सातै प्रदेशबाट २५ जना निर्वचित भएका छन् ।
मधेश र लुम्बिनीबाट ३र३ पुरुष र २र२ महिला गरि जम्मा १० जना, बाँकी प्रदेशबाट २ पुरुष, १ महिला गरि १५ जना निर्वाचित भएका छन् । खुला तर्फ ३१ जना, २० पुरुष ११ महिला सहित ३१ जना निर्वाचित भएका हुन् ।

कमिटीमा ६५ जना चयन भएका छन् । ३४ जना मनोनीत गरिने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्