तनहुँ । तनहुँको दमौली बजारमा बैशाष २९ गते लाइभ कन्सर्टको कार्यक्रम हुदैछ । २५६९ औँ बुद्ध जयन्तीको अवसरमा अलायन्स क्लब अफ तनहुँको आयोजनामा The Exe Band..ले दमौलीको अनसन चौतारी नजिकको खुल्ला चौरमा लाईभ कन्सर्ट प्रस्तुत हुन लागेको हो । कन्सर्टमा स्थानिय व्याण्डहरुको पनि प्रस्तुति रहने आयोजक संस्था अलायन्स क्लब अफ तनहुँका अ ध्यक्ष अर्जुन पौडेलले जानकारी दिएका छन् । अपरान्ह ४ बजेदेखि राती १० बजेसम्म हुने कन्सर्ट The Exe Band का फ्यान र मनोरन्जन चाहने व्यक्तिहरुका लागि निकै प्रभावकारी हुने आयोजकले जनाएको छ । साथै थप जानकारीको लागि 984-6275211 9864426463 र 984-6776896 नम्बरमा सम्पर्क गर्न पनि अलायन्स क्लब अफ तनहुँले आग्रह गरेको छ ।








