युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजना भएको रक्तदान कार्यक्रममा ७८ पिन्ट रगत सङ्कलन

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजना भएको रक्तदान कार्यक्रममा ७८ पिन्ट रगत सङ्कलन भएको छ । युवा रेडक्रस सर्कल आदिकविका अध्यक्ष सुमन खड्का अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्व्य समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेज्युले रगतको विकल्प नभएकाले सबैमा रक्तदान गर्न अपिल गरेका थिए। उक्त कार्यक्रममा संचालक समितिका सदस्य मोहन गिरी, नेरेसो गण्डकी प्रदेश महासचिव रामदक्त पौडेल, नेरेसो तनहुँका मन्त्री सुर्यचन्द्र हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खले र स्ववियु अध्यक्ष अनुप आले मगरले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम नेरेसो क्षेत्रीय रक्त संचार चितवनको प्राविधिक सहयोगमा भएको थियो । कार्यक्रममा नेरेसो तनहुँ उपसभापति नारयणी अधिकारी रेडक्रस सिद्धान्त वाचन गरेकी थिईन् । स्वागत मन्तव्य युरेस आदिकविका शिक्षक नायक रुपक श्रेष्ठ व्यक्त गरेका थिए । भने सञ्चालन युरेस आदिकवि सचिव मौसमी थापाले गरेका थिए । उक्त कार्यक्रममा, नेरेसो तनहुँ जिल्ला जुनियर युवा समितिका संयोजक बिमल गिरी, नेरेसो तनहुँ सदस्य सुमन थापा, नेविसंघ तनहु अध्यक्ष अशिष कैनी, उपनायक दिलिप पोखेरल सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, सागर पौडेल, क्ष्त्तब्ऋ प्रमुख विश्वशेर तिम्लसेना, विभागिय प्रमुखहरु, कर्मचारी संघ उपसभापति सुदर्शन प्रोखरेल, प्रध्यापक तथा कर्मचारी, स्ववियु पदाधिकारी एवं सदस्यहरु,। क्याम्पसमा दर्ता भएको विभिन्न विद्यार्थी विषयगत तथा समाजिक क्लबका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु, युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको पूर्व अध्यक्षहरु तथा र्वतमान पदाधिकारी एवं सदस्यहरु, रक्तदाता एवं विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्