
काठमाडौँ । कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले काठमाडौँको साइपाल कलेजका प्रिन्सिपललाई पक्राउ गरेको छ ।प्रिन्सिपल गणेश जोशी सहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
सुकेधारामा सञ्चालित साइपाल कलेजका कर्मचारीहरूको मिलेमतोमा होटल मेनेजमेन्ट विषयका प्रश्नपत्र आउट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका ३३ वर्षीय जोशी, क्याम्पस कोअर्डिनेटर काभ्रे घर भएकी ३७ वर्षीय संज्ञा खतिवडा, परीक्षा डिपार्टमेन्टमा कार्यरत नुवाकोट घर भएका रोश श्रेष्ठ छन् ।
घटनामा संलग्न बैतडी घर भएका ३० वर्षीय जीवन कुमार मडै र १७ वर्षका दुई जना किशोरलाई पक्राउ गरेर प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।
रातोपाटी