
तनहुँ । व्यास नगरपालिका वडा नंं ३ वडा कार्यालय भवन बन्ने भएको छ । उक्त भवनको आज एक कार्यक्रममका बिच गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले उद्घाटन गरेका छन। उक्त भवन शिलन्यास कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, जिल्ला समन्वय समिति तनहुँकी निवर्तमान् उपप्रमुख पवित्रा पौडेल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
वडा सदस्य बिनु श्रेष्ठले संचालन गरेको कार्यक्रममा वडा सदस्य दधिराज घिमिरेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम वडा अध्यक्ष अनुप रानाको सभापत्विमा भएको थियो ।
१ करोड ३४ लाख रुपैयमा निर्माण हुने उक्त भवन कास्कीको इको आर्किटेक कन्ट्रक्सन प्रा लि. ले निर्माण गर्न लागेको छ । १ बर्ष भित्रमा सम्पन्न हुने उक्त भवन अत्याधुनिक हुनेछ ।