दुर्घटनामा प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । सुनसरीको दुहबी नगरपालिकाको फुटानी चौकमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको छ । शनिबार दुहबी नगरपालिका( ३ स्थित फुटानी चौकमा दुर्घटना हुँदा उदयपुरको त्रियुगा नगरपालिका( ८ का प्रहरी सहायक निरीक्षक खतिवडाको मृत्यु भएको हो ।
कोशी प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले उनको दुर्घटनामा ज्यान गएको पुष्टि गरे । उक्त भ्यानमा सवार अन्य दुई जना घाइते भएको उनले जानकारी दिए ।
उनका अनुसार इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र २(०१(००१ च ०२५१ नम्बरको पिकअप अनियन्त्रित भई सडकको किनारमा रहेको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका खतिवडालाई उद्धार गरी स्थानीय अस्पतालमा लगिएको थियो । अस्पताल पु¥याएको केही बेरमै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
खतिवडा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्