तनहुँ । लामो समयसम्म कम्युनिष्ट विचार अंगालेका कलाकार पृथ्वीनारायण श्रेष्ठ राजावादी पार्टी राप्रपाको कला बिभाग प्रमुख चयन भएका छन् । श्रेष्ठलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिगंदेनले कला विभाग प्रमुखमा चयन गरेका हुन् । ३ दशकभन्दा बढि समयदेखि कम्युनिष्ट विचारधारासग नजिक रहेका श्रेष्ठ केहि समय अघि ‘कम्युनिष्टहरुबाट यो देश नबन्ने’ निष्कर्ष निकाल्दै संवैधानिक राजतन्त्र र गणतन्त्रको कटु आलोचना गर्ने राप्रपामा सामेल भएका थिए । व्यास नगरपालिका वडा नं. ३ का स्थायी बासिन्दा श्रेष्ठको परिवार तनहुँको पुरोनो कम्युनिष्ठ परिवारको रुपमा परिचित छ ।








