काठमाडौंमा दुई वटा मोटरसाइकल ठोक्किँदा आँबुखैरेनीका सन्तोषकुमार गुरूङको मृत्यु भएको छ। दुर्घटना हुँदा बा.३४ प ४३२० नम्बरको मोटरसाइकल चालक ललितपुर इमाडोल बस्ने तनहुँ आँबुखैरेनी नगरपालिका ५ घर भएका ४६ वर्षीय सन्तोषकुमार गुरूङको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।
सोमबार बिहान काठमाडौं महानगरपालिका -२२ काठमाडौं मल अगाडि सडकमा दुई वटा मोटरसाइकल ठोक्किएको हो।
बा. ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा.७ प ८७९५ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जना र रा।७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।








