करेन्ट लागेर २ महिलाको मृत्यु, एक जना घाइते

सर्वज्योति
  • ख-
  • ख+

विराटनगर । करेन्ट लागेर मोरङको रतुवामाईमा २ जनाको मृत्यु भएको छ । एक जना महिला घाइते भएकी छन् ।विवाह घरमा करेन्ट लाग्दा मोरङमा दुई महिलाको मृत्यु भएको हो ।
रतुवामाई नगरपालिका– ३ मिर्चा डाँगी टोलकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगललाल सिंहको छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विवाह घर माथि हरियो बाँस गाडेर माइक बाँधिएको थियो । राति करिब ८ बजे आएको हावाहुरीले त्यो बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्कियो ।
बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन महिलालाई करेन्ट लागेको थियो । जस मध्ये दुई जनाको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । करेन्ट लागेर ३० को राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् ।
नेपाल प्रेस

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्