युवतीको हत्याको आरोपमा बागबजारबाट रामचन्द्र पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । बागबजारमा एक युवतीको हत्या भएको छ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ घर भएका रामचन्द्र पन्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । प्रहरी स्रोतका अनुसार उनी पूर्वसैनिक हुन् ।
घटना गत चैत ११ गतेको रहेको प्रहरीले जनाएको छ । पन्तलाई भने मंगलबार मात्रै प्रहरीले पक्राउ गरेको हो । उनी पक्राउ परेपछि घटना सार्वजनिक भएको हो ।
मृत महिला विवाहित हुन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्