पोखराको लामेआहालमा माइक्रो दुर्घटना, ३ जनाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । कास्कीको पोखरा महानगरपालिका( ३२ लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा परी थप ८ जना घाइते भएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, माइक्रोबस सडकबाट करिब ३५ मिटर तल खेतमा खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्