सामुदायिक विद्यालयले हाजिरीविना दिवा खाजामा गरे २७ करोड भन्दा बढि खर्च

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । विद्यालयहरूले दिवा खाजा वितरण हाजिरीविना गरेको विवरण रहेको भन्दै महालेखा परीक्षकको कार्यालयले ध्यानाकर्षण गराएको छ ।
कार्यालयले आफ्नो ६२औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०र८१ मा १ सय २४ स्थानीय तहले विद्यार्थी हाजिर प्रमाणित अभिलेख बेगर दिवा खाजामा २७ करोड ९९ लाख २९ हजार खर्च लेखेको औंल्याएको हो ।
यस्तै सोही आवमा १ सय ५१ स्थानीय तहले ९ करोड ८ लाख ७५ हजारको स्यानिटरी प्याड खरिद गरी खर्च लेखेकोमा उक्त प्याड लक्षित वर्गको प्रयोगका लागि विद्यालयहरूमा पठाउनुपर्नेमा स्थानीय तहको भण्डारमा मौज्दात रहेको देखिएको महालेखाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्