सत्य निरुपण र बेपत्ता आयोगमा ५/५ सदस्यीय पदाधिकारी नियुक्त

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ ।
बुधबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको सिफारिस बमोजिम ५/५ सदस्यीय पदाधिकारी नियुक्त गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा संखुवासभाका महेश थापालाई नियुक्त गरिएको छ । थापा उच्च अदालतका पूर्वन्यायाधीश समेत हुन् ।
बेपत्ता नागरिक छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्यसचिव लीला गड्तौलालाई नियुक्त गरिएको छ ।
मन्त्री गुरुङका अनुसार नियुक्त पदाधिकारी निम्नानुसार छन् –  

सत्य निरुपण तथा मेलमिलाप आयोग
अध्यक्ष- महेश थापा- संखुवासभा

सदस्यहरू
अच्युतप्रसाद भण्डारी  – जाजरकोट
डा. टीकाप्रसाद ढकाल – पाँचथर
पदमबहादुर शाही – जुम्ला
कुमारी कौशल्य ओझा –  कञ्चनपुर

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
अध्यक्ष– लीलादेवी गड्तौला – तेह्रथुम
सदस्यहरू 
गोपालनाथ योगी -सल्यान
अग्नीप्रसाद थपलिया -झापा
सृजना पोखरेल -काठमाडौं
विनिता नेपाली  – कास्की 

उनीहरू तलबभत्ता सुविधा राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी सरह हुने गुरुङले जानकारी गराए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्