शोभाकान्त पौडेल सचिवमा बढुवा

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । सहसचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएका छन् ।
मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । पर्यटन मन्त्रालयका सचिव विनोदप्रसाद सिंहको अघिल्लो साताबाट अवकाशपछि सचिव पद रिक्त थियो ।
पौडेलले भन्सार विभागको महानिर्देशक, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, धितोपत्र बोर्डको अध्यक्षलगायतको जिम्मेवारी सम्हालिसकेका छन् । यसअघि पनि उनको नाम सिफारिस भएकोमा बढुवामा पछि परेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्