त्रिशूलीमा नुहाउन जाँदा बेपत्ता भएका २ बालिका मृत फेला

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौंडेबाट बेपत्ता भएका दुई जना बालिका मृत अवस्थामा भेटिएका छन् । वैशाख ३० मा त्रिशूलीमा नुहाउन गएका ११ वर्षीया जेनी ढङ्गोल र ११ वर्षीया सदीक्षा राई नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सदीक्षा राईको शव धादिङको सिद्धलेक गाउँपालिका–७ स्थित आदमघाटमा बिहीबार फेला परेको थियो । शनिवार धादिङको गल्छी स्थित त्रिशूलीको किनारमा जेनीको शव फेला परेको नुवाकोटका एसपी दुर्गा रेग्मीले जानकारी दिए ।

रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्