तनहुँ । गण्डकी प्रदेश स्तरीय १६ वर्ष मुनिका पुरुष क्रिकेट प्रतियाेगिता २०८२ को लागि तनहुँ जिल्लाबाट खेलाडीहरु छनोट भएका छन् । उक्त प्रतियोगिताका लागि सुप्रिम सुनारको क्याप्टेनसिपमा १६ सदस्यीय टिम छनौट भएको हो ।
टिमका अन्य सदस्यहरुमा दिक्षान्त ढकाल, रोज श्रेष्ठ, सौरभ कुशावाह, बिशाल ढकाल, अंकित झा, क्षितिज चन्द ठकुरी, समिर हुसेन, आर्यजंग कुवर, बरदान यादव, शुभम पौडेल, आयुश थापा , स्पर्श मोहन तामाङ, हिमाल आचार्य रहेका छन् । त्ययसैगरि उक्त टिमको टिम मेनेजरकाे रुपमा मोहन गुरुङ र टिम कोचको रुपमा आर्यन शाह रहेका छन् ।
पोखरा रंगशालामा जेठ ६ गतेदेखि १२ गतेसम्म हुने प्रतियोगितामा समहु ‘ए’ मा रहेको तनहुँले पहिलो खेल जेठ ७ गते बाग्लुङसग खेल्ने र उृत्कृष्ट खेलाडी छनौट गरिएकोले उत्कृष्ट नतिजा ल्याउने जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेनाले बताएका छन् ।









