बन्दीपुर गाउँपालिकाले जेठ १० गतेदेखि १४ गतेसम्म विभिन्न स्थानमा आँखा शिविर गर्दै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले जेठ १० गतेदेखि १४ गतेसम्म विभिन्न स्थानमा आँखा शिविर गर्न लागेको छ । जेठ १० गतेबाट शुरु हुने आँखा शिविरिमा पहिलो दिन बन्दिपुर १ डुम्रे बजारको डुम्रे साँस्कृतिक युवा क्लबको भवन, बन्दिपुर २ को कुकुर्दी र बन्दिपुर ५ को थुम्किको कालिका आधारभुत विद्यालयमा हुने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिएका छन् । साथै जेठ ११ बन्दीपुर कै धरमपानी र वडा नंं ३ को वडा कार्यलयमा आँखाको जाँच गरिनेछ । त्यसैगरि जेठ १२ गते बन्दीपुर टाउनमा आँखाको जाँच गरिने पनि गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिएका छन् । त्यसरी विभिन्न स्थानमा चेकजाँच गरिएका बिरामीहरुमा मोतिविन्दु सम्बन्धि कुनै समस्या भए १३ र १४ गते गाउँपालिकाद्धारा संचालित बन्दीपुर अस्ूपतालमा अपरेशन गरिने पनि अध्यक्ष थापाले जानकारी दिएका छन् । उक्त आँखा शिविरमा सहभागी हुनेहरुको औषधी, उपचार, तथा चश्माको आवश्यकता भएमा सो पनि गाउँपालिकाले उपलब्ध गराउने पनि अध्यक्ष थापाले जानकारी दिएका छन् । बन्दीपुर गाउँपालिकालाई मोतिविन्दु मुक्त बनाउने लक्ष्यका साथ संचालन गर्न लागिएको शिविर भरतपुर आँखा अस्पताल भरतपुर, चितवनसगको सहकार्यमा आयोजना गर्न लागिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्