लमजुङको उदिपुरमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

बेसीशहर । लमजुङको बेंसीशहर नगरपालिका १, उदिपुरबाट रिट्ठेबगर जाँदै गरेको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सोमबार बिहान ५ बजेको समयमा प्रदेश ०२०३–००१ त.५४३० नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा उक्त ट्याक्टरको चालक बेसीशहर नगरपालिका १ उदिपुर ढाडगाँ बस्ने बर्ष ३१ को अहिर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल बेसीशहर लगिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले जनाएका छन् ।

लमजुङ खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्