परम्परागत अर्गानिक तरकारी बाली प्रवर्द्धनका लागि व्यास १० पोखरेलफाँटमा कृषि तालिम

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१० पोखरेलफाँटमा व्यास नगरपालिकको सहयोगमा गोवर्धन शर्मा स्मृति कोष, कृषि अध्ययन अनुसन्धानले परम्परागत अर्गानिक तरकारी बाली प्रवर्द्धन कृषि तालिम प्रदान गरेको छ । मौलिक बीउ विजनहरु लोप हुदै जाँदा कृषि प्रणालीमा गम्भीर असर पर्ने देखिएकाले यसको संरक्षणका लागि आइतबार सो तालिम प्रदान गरेको हो । व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगरपलिकाले परम्परागत खेती प्रणालीलाई प्रोत्साहन गर्न पालिका भित्रका किसानहरुलाई विभिन्न कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । लगानी अनुरुपको प्रतिफल प्राप्त गर्न नसकिरहेका छैनौं,उहाँले भन्नुभयो “हाम्रा मौलिक बीउ बिजनहरु लोप हुनबाट जोगाउन तालिमबाट लिएको ज्ञानले प्रभावकारी भूमिका खेल्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
गोवर्धन शर्मा स्मृति कोषका अध्यक्ष एवं संविधान सभासदस्य रामचन्द्र पोखरेलले परम्परागत कृषिलाई जोगाउन पर्छ भनेर कृषक र शिक्षकलाई संगै राखेर तालिम प्रदान गरिएको बताउनुभयो ।
ज्ञान हस्तान्तरणमा शिक्षकको भुमिका प्रभावकारी हुने भएकाले उनीहरुलाई तालिम दिएको र यसले विद्यार्थी हुदै अभिावकसम्म ज्ञान पु¥याउन सहयोग पुग्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।
व्यास– १० का कृषक मनिराम पाण्डेले परम्परागत खेती जोगाउन चुनौती भैरहेको अवस्थामा यस किसिमको तालिम किसानका लागि लाभदायक हुने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशकी पुर्व सांसद सरिता गुरुङ, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्क्ष डा. जगदिशचन्द्र पोखरेल, नेपाली काँग्रेस तनहुँका समुन्द्र गोदार, संघीय सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रेस संयोजक प्रवीण पोखरेल र विभिन्न वडाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
उक्त तालिममा व्यास नगरपालिका अन्तर्गतका ३० जना भन्दा वढि व्यवसायिक किसान र शिक्षकहरुको सहभागिता थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्