बन्दीपुर गाउँपालिकाद्धारा आयोजित फोटोग्राफी तथा डकुमेन्ट्री निर्माण सम्बन्धि तालिम शुरु

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ ।  तनहुँको बन्दिपुर गाउँपालिकाको कार्यालयले फोटोग्राफी तथा डकुमेन्ट्री निर्माण सम्बन्धि तालिम शूरु भएको । उक्त तालिमको आज एक कार्यक्रम बिच तनहुँको बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले उद्धघाटन गरेका छन् । तालिमको उद्धुघाटन गर्दै प्रमुख अतिथि थापाले बन्दीपुर पर्यटकहरुको आवात जावत हुने स्थान भएकोले युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्यका साथ तालिमको व्यवस्था गरेको बताएका थिए । कार्यक्रकी बिशेष अतिथि तनहुँको बन्दिपुर गाउँपालिकाकी उपाध्यक्ष पंचमाया गुरुगंले विदेश जाने संस्कार तोडेर युवाहरुले स्वदेशमा नै बसेर काम गर्नुपर्ने बताएका थिए । कार्यक्रमका सभापति तनहुँको बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले युवाहरुले स्वदेशमै बसेर रोजगार हुन र बन्दीपुरलाई चिनाउन यो तालिम लाभदायक हुने विश्वास लिएको बताएका थिए । कार्यक्रमा बन्दीपुर भ्रमण बर्ष २०२५ सचिवालया उप संयोजक शंकर बाँनियाल, दमौली मिडिया प्रा.लि.का निर्देशक मदन तिमल्सेनाले तालिममा सहभागीलाई शुभकामना दिएका थिए ।
पर्यटन, कृषि, शिक्षा र पूर्वाधार, समृद्ध बन्दिपुर निर्माणको मुल आधार नारालाई आत्मसात गर्दै गाउँपालिकाले आयोजना गरेको उक्त तालिममा विभिन्न वडाका १५ जना युवाहरु सहभागी भएका छन् । ५ दिनसम्म संचालन हुने तालिममा दमौली मिडिया प्रा.लि.ले प्रशिक्षार्थीहरु सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षा दिनेछ ।ई र पालिकाहरू चरणवद्द रूपमा गठन गर्दै जिल्ला अधिबेशन सम्मन्न गर्ने जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्