तनहुँको म्याग्देको घुम्तिमा बस दुर्घटना २६ जना घाईते

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ४ घुम्तिमा बस दुर्घटनामा २६ जना घाईते भएका छन् । करिब ४ः ३५ बजे घुम्ती स्थित पृथ्वीराजमार्ग सडक खण्डमा पोखराबाट सुर्खेत तर्फ जादै गरेको ना ५ ख ६८४१ नं। को यात्रु बाहक बस चालकले नियन्त्रण गुमाई सडक देखि अं। १५र२० मिटर तल खस्न गई दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँ का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिएका छन् सुाथै घाईतेहरुको दमौलीका विभिन्न् अस्पताल र ३ जनाको पोखराको अस्पतालमा उपचार भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँ का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दएका छन् ।
घाईतेहरुको ठेगाना, नाम थर ,चोटप्रटक र अवस्था निम्नानुसार छ
१ तनहुँ व्यास १ भादगाँउ बस्ने बर्ष ६७ को प्रेम बहादुर राना मगर दाहिने खुट्टामा गहिरो चोट, अवस्था मध्यम ।
२.सुर्खेत पञ्चपुरी ७ बस्ने बर्ष २४ को गणेश सहकारी दुबै खुट्टा ददारीएको, अवस्था सामान्य ।
३. रोल्पा परिवर्तन २ बस्ने बर्ष २२ को किस्मत घर्ती मगर टाउको र घुडामा चोट, अवस्था मध्यम ।
४.सुर्खेत विरेन्द्रनगर ९ बस्ने बर्ष ३४ को नविन रेग्मी दाँया हातमा र शरिरको बिभिन्न, भागमा चोट, अवस्था सामान्य ।
५. दैलेख भगवतीमाई ६ बस्ने बर्ष ३५ को दिल कुमारी रोकाया दाँया गाला सुनिएको, अवस्था मध्यम ।
६ नवलपुर कावसोती १७ बस्ने बर्ष ७६ को युक्त प्रसाद गौडेल वाँया आखाको परेलिमा गहिरो चोट, दाहिने हात र निधारमा भित्री चोट, अवस्था मध्यम ।
७. कास्की पोखरा ३० बस्ने बर्स ३९ को कृष्ण बहादुर झ्यारी दाहिने हातमा चोट, अवस्था सामान्य ऐ(१५स्५७ बजे डिस्चार्ज ।
८. कास्की पोखरा ३० बस्ने बर्ष ७ की इत्रीशा मगर बाहिरो चोट नभएको ऐ १५स्५७ बजे डिस्चार्ज ।
९. सुर्खेत विरेन्द्रनगर १२ बस्ने बर्ष ३१ को लोकेन्द्र बानिया दाहिने हातमा भित्री चोट अवस्था सामान्य ।
१०. सुर्खेत विरेन्द्रनगर १२ बस्ने बर्ष ३२ कि दुर्गा कुमारी पुन ढाडमा भित्री चोट अवस्था मध्यम ।
११. कैलाली टिकापुर १ बस्ने बर्ष १८ को शन्देश पुन मगर दुबै हातमा ददारिएको अवस्था सामान्य ।
१२. गोरखा सहितलखन ५ बस्ने बर्ष ३८ को एक बहादुर राना बाँया खुट्टामा भित्री चोट अवस्था सामान्य ।
१३. जुम्ला तिला ३ बस्ने बर्ष २२ को निराजन रावत दाहिने खुट्टामा चोट अवस्था सामान्य ।
१४. जुम्ला चन्द्रनाथ ६ बस्ने बर्ष २२ को मोहन सुनार बाँया हात र खुट्टामा चोट अवस्था सामान्य ।
१५ दैलेख आठबिस ६ बस्ने बर्ष १९ को गणेश उपाध्याय छाती र खुट्टामा चोट अवस्था सामान्य ।
१६. दैलेख आठबिस न।पा।(६ बस्ने बर्ष १९ को गणेश उपाध्याय छाती र खुट्टामा चोट अवस्था सामान्य ।
१७. सुर्खेत गुर्भाकोट १३ बस्ने बर्ष ५० को जय बहादुर चन्द वाँया कोखामा भित्री चोट अवस्था सामान्य ।
१८. सुर्खेत पञ्चपुरी १० बस्ने बर्ष ५६ को धन बहादुर देउवा नाकमा चोट अवस्था सामान्य ।
१९. सुर्खेत लेखवेशी १ बस्ने बर्ष ३४ को राज कुमार बादी दाहिने खुट्टामा चोट अवस्था सामान्य , डिस्चार्ज ।
२०. जुम्ला तिला ६ बस्ने बर्ष २२ को कमल रोकाया दाहिने खुट्टा र दाहिने कुहिनामा चोट,अवस्था सामान्य ।
२१. दैलेख दुल्लु १ बस्ने बर्ष ३३ को महन्द्र बहादुर खड्का बाँया खुट्टामा चोट अवस्था, सामान्य ।
२२. दैलेख दुल्लु ६ बस्ने बर्ष ३५ को डम्मर बहादुर खड्का दुबै हातमा चोट अवस्था सामान्य ,डिस्चार्ज ।
२३. डोल्पा मुर्कुचुला ९ बस्ने बर्ष २४ को दल बहादुर बुढा दुबै खुट्टा र बाँया हातमा चोट, अवस्था सामान्य ।
२४. चालक सुर्खेत विरेन्द्रनगर ९ बस्ने बर्ष २९ को शेर बहादुर वली कानमा चोट अबस्था सामान्य ।
२५. सह(चालक कास्की पोखरा २१ बस्ने बर्ष २६ को संजय अधिकारी दाहिने हातमा चोट,अवस्था सामान्य ।
२६. विरेन्द्रनगर ९ बस्ने बर्ष २८ को अशोक वि।क। बाँया हातमा चोट अबस्था सामान्य ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्