नेपाल प्रहरीको एआइजीमा सिद्धिविक्रम शाह सिफारिस

सर्वज्योति
  • ख-
  • ख+

नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआइजी) सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाकालागि सिफारिस गरिएको छ। गृह मन्त्रालयअन्तर्गतको बढुवा सिफारिस समितिले शाहलाई मंगलबार एआइजीका लागि सिफारिसगरेको हो।

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त हुने प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या (एक) मा बढुवा गर्न मिति २०८२।०२।०६गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकलाई सोहीसमूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उपनियम () अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्