पाेखरा । प्रा.डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानले कास्कीकाे माछापुच्छ्रेमा विद्यार्थीहरुलाई पाेशाक वितरण गरेकाे छ । प्रा.डा. सूर्यमणि अधिकारीकाे स्मृति दिवस पारेर विद्यार्थीहरुलाई पाेशाक प्रदान गरिएकाे हाे ।
प्रतिष्ठानले विगतका वर्षमा पनि विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्रीका साथै पाेशाक प्रदान गर्दै आएकाे थियाे । गत शुक्रबार माछापुच्छ्रेकाे धितालमा रहेकाे कैलाश आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पाेशाक प्रदान गरिएकाे हाे ।
कार्यक्रममा साे प्रतिष्ठानका सल्लाहकार प्रा. डा. दिलबहादुर क्षत्री, डा. बाबुराम अधिकारी, पत्रकार रबिन्द्र माकाजू , ई. सृजन कोईराला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिक्षक र शिक्षिकाहरुकाे उपस्थिति रहेकाे थियाे ।
विद्यालयमा अध्ययनरत २८ जना विद्यार्थीहरुलाई पाेशाक वितरण गरिएकाे प्रतिष्ठानकी अध्यक्ष इन्दिरा अधिकारी काेइरालाले जानकारी दिइन् । पाेशाक वितरणका लागि प्रतिष्ठानका तर्फबाट चन्द्रप्रभा अधिकारी, प्रमोद अधिकारी, कल्याण अधिकारी र मदन अधिकारीकाे आर्थिक सहयाेग प्राप्त भएकाे बताइएकाे छ ।
प्राडा अधिकारीका योगदानलाई चीरस्थायी बनाउन उनका सन्तान, आफन्त र शुभेच्छुकले प्रतिष्ठान गठन गरेका हुन् । तत्कालीन पोखरा नगरपालिकामा पनि सेवा गरेका अधिकारी पछिल्लो समय चितवनमा बसोबास गर्थे । इतिहासविद्, साहित्यकार र समाजसेवीका रुपमा परिचित उनका २ दर्जन कृति र १ सयभन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित छन् ।








