ब्रेक फेल भएको बस उपमेयरको घरमा छिर्दा दुई जनाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ स्थित गोपाली गाउँमा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको मकवानपुर प्रहरीले बताएको छ ।
त्रिभुवन राजपथको गोपाली गाउँबाट थानाबजार तर्फ गैरहेको बा(३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर थाहा नगरपालिकाको उपमेयर भरत गोपालीको घरभित्र छिर्दा भएको दुर्घटनामा ४० वर्षको कृष्ण बलामी र लोकेन्द्र कुमार ठाकुरको मृत्यु भएको प्रहरीको भनाई छ ।
बसले सडकमा हिडिरहेको एकजना पुरुषलाई ठक्कर दिएर उपमेयरको घरमा छिरेको स्थानीयले बताएका छ्न ।
दुर्घटनामा रघुनन्द यादव र कमलेश कुमार साहको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्