तनहुँ । रोट्रयाक्ट क्लव अफ दमौलीको अध्यक्षमा गोविन्द तिमिल्सिना अध्यक्ष चयन भएका छन् । जेठ १५ गते दमौलीमा बसेको रोट्रयाक्ट क्लव अफ दमौलीको दोस्रो साधारण सभाले रोटा वर्ष २०२५/ २६ को लागि अध्यक्षमा तिमल्सिनालाई चयन गरेको हो । उक्त साधारण सभाले सर्वसम्मत रुपमा अध्यक्षका साथै अन्य पदाधिकारीहरु चयन गरेको हो । क्लबको साधारण सभाले सचिवमा करण नेपाली, आगामी अध्यक्षमा किरण श्रेष्ठ, उपाध्यक्षमा विपिन गौली र उमेश पौडेल, कोषाध्यक्षमा पवन पौडेल, सह सचिवमा शुसासन अधिकारी, सह कोषाध्यक्षमा अशिम कुंवर, डिरेक्ट चियरमा सुमन राज ओझा, क्लव एडमिनटेसन चियरमा सुदिप जंग बस्नेत, सभिस पोजेक्स चियरमा सुर्य मौरती, रोटरी फाउन्डेशन चियरमा विशाल खत्री, पब्लिस् इमेन्ज चियरमाः मदन तिमिल्सिना प्रोफेशनल डेल्पमेन्ट चियरमा जगदिश काफ्ले, पाटनर इन सर्भिस कोडिनेटरमा रेवति सदाशखर, इन्टरनेशनल सर्भिस चियरमा सागर कुवर, क्लव सल्लाकारमा मनोज राउत र अनुज विमली, अध्यक्ष सल्लाकारमा दामोदर भण्डारी चयन गरेको छ ।
सामाजिक कार्यहरुमा सक्रिय रहेको रोट्रयाक्ट क्लव अफ दमौलीले आगामी दिनमा सामाजिक कार्यहरुमा अझ तिब्रता दिने नवनिर्वाचित अध्यक्ष गोविन्द तिमल्सेनाले जानकारी दिएका छन् ।








